Logo

आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी, विकास लामा पराजित



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्। आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन्।

२७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी लामाले १९१३ मत ल्याए। सहमहामन्त्री आदिवासी जनजातितर्फ कुल ४६८१ मत खसेको थियो। आङ्देम्बे सभापति शेरबहादुर देउवा प्यानलका र लामा शेखर कोइराला समूहका उम्मेद्धवार हुन् ।

 



प्रतिक्रिया दिनुहोस्