Logo

दैनिक चिसो बढ्दै, आज कहाँको मौसम कस्तो?



काठमाडौं, पुस २ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका हाल देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीसम्म प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागगमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २ का भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना



प्रतिक्रिया दिनुहोस्