Logo

अल सेबाबका ३४ आतंककारी सेनाको कारबाहीमा मारिए



२ पुस : सोमालियाको सेनाले त्यहाँका अल सेबाब नामक संगठनका आतंककारीहरुका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा बिहीबार कम्तीमा पनि ३४ जना हतियारधारी आतंककारी मारिएको जनाएको छ ।प्राप्त समाचारअनुसार त्यहाँको सेनाले सोमालियाको दक्षिणी क्षेत्र जुबल्याण्डमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका हुन् ।

सो कारबाहीका क्रममा अल सेबाबका आतंककारीहरु लुकेर बस्ने १२ ओटा आश्रयस्थलहरु पनि ध्वस्त गरेको छ । त्यहाँको सेनाले अल सेबाबका विरुद्धमा देशव्यापी रुपमा कारबाही जारी राखेको छ । यस क्रममा यहाँका सुरक्षा अधिकारीहरुले ग्रामीण क्षेत्रमा ती आतंककारी लुकेर बस्ने आश्रयस्थलमा थप कारबाही गरेको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot