Logo

कांग्रेस सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फ पाण्डेको अग्रता कायमै



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।

हालसम्म ५१३ मतगणना हुँदा डा. शेखर कोइरालातर्फका उम्मेदवार बद्री पाण्डेले २५३ मत प्राप्त गरेका छन् । जीवनबहादुर शाहीले २४६ मत प्राप्त गरेका छन् । मुख्यमन्त्री समेत रहेका शाही संस्थापन तर्फका हुन् । अर्का प्रतिस्पर्धी चेतराज बजालले १० मत ल्याएका छन् ।कांग्रेसका सहमहामन्त्री पदको ८ क्लस्टरमध्ये तीनको हिजो नै मतपरीणाम आइसकेको छ ।

समितिको अनुसार आज मुस्लिम, मधेसी र खस आर्यतर्फ, थारु र पिछडिएको क्षेत्रको तर्फबाट मतगणना भइरहेको हो ।  मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण, रामकृष्ण यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल त्यस्तै, खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् । यस्तै थारुबाट देउवा प्यानलबाट उमाकान्त चौधरी र कोइराला प्यानलबाट तेजुलाल चौधरी प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्