काठमाडौं, ३ पुस । सहिद स्मारक‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबले नेपाल पुलिस क्लबमाथि शानदार जित निकालेको छ ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १०औं मिनेटमा अन्जनको गोलबाट मनाङले सुरुवाति अग्रता दिलाएका थिए ।
तर, खेलको ३५औं मिनेटमा पुलिसका लागि सुमन लामाले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो ।
७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै टोलीलाई पुनःअग्रता दिलाए ।
यस्तै, खेलको ८३औं मिनेटमा मनाङ निशान लिम्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।
यस जितसँगै मनाङ शीर्ष स्थानमा उक्लीएको छ ।