Logo

याक एण्ड यती होटलको साधारण सभा पुस २३ गते



काठमाडौं। ४ पुस । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने भएको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी, सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

यसैगरी, सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने पनि जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot