Logo

काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा टप ट्वान्टीमा देउवाइतरका ४ मात्र



काठमाडौं, ४ पौष । सुरुवाती अग्रतालाई बढाउँदै डा. सशांक कोइरालाले नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउने निश्चित भइसकेको छ । ३५९५ मत ल्याउँदा उनले २९४० मत ल्याएका छन् । सशांक सभापति शेरबहादुर देउवा इतरका हुन् ।

काँग्रेसमा केन्द्रीय सदस्यमा बढी मत ल्याउने टप टेनभित्र देउवाइतर समूहका २ नेता मात्र छन् । सशांकसहित अर्जुननरसिंह केसी टप टेनभित्र परेका छन् ।

टप ट्वान्टीमा देउवाइतर समूहका डा. रामशरण महत र बलबहादुर केसी पनि परेका छन् । टप टेनमा ८ र टप ट्वान्टीमा १६ जना देउवा समूहका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot