Logo

वेदुराम भुषालको टिप्पणी : हामी एक्लैपनि चुनाव लड्छौं, किन नलड्ने ? (भिडिओसहित)



काठमाडौं, ५ पुस । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा अझैपनि प्रतिगमनको खतरा रहेको सुनाए । उनले आफूहरु एक्लैपनि चुनाव लड्ने बताए । उनले भने,‘हामी चुनाव एक्लैपनि लड्छौं । कति सिट जित्छ भन्ने कुरा अहिले भविष्यवाणी गरेर हुन्छ र ?’ उनले एमालेले पनि चुनाव हार्ने स्पष्ट पारे । उनले अहिले प्रचण्ड र उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता नहुने जिकिर गरे । बरु, राजनीतिक मुद्दामा सहकार्य भने हुनसक्ने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot