Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या डेढ सय नाघ्यो



एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो।

हाल महाराष्ट्रमा ५४, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७,कर्नाटकमा १४, गुजरातमा ११, केरला आन्ध्र प्रदेश, चंडीगढ,तमिलनाडु र पश्चिम बंगालामा ओमिक्रोनका बिरामी भेटिएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot