Logo

कांग्रेस मतगणना अपडेटः खुल्ला महिलातर्फ केन्द्रीय सदस्यमा संग्रौलाको अग्रता, पछ्याउदै भुषाल



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडी छिन् । हालसम्म ७ सय मतपत्र गणना हुँदा उनले ४१८ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउदै पुप्पा भुषालले ४ सय मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा.आरजु देउवाले ३५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, क्रमशः ईश्वरी न्यौपानेले ३२४, सरिता प्रसाईले ३२०, अनिता देवकोटाले २७६, अम्बिका बसनेतले ३२२, रमा कोइरालाले २७३ र शुसिला ढकालले २६४ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्