Logo

आज बढ्यो सुनको मुल्य, तोलाको कति ?



काठमाडौं, ५ पुस । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आइतबार ४ सय रुपैयाँले घटेको सुनको मुल्य आज २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्