Logo

फिलिपिन्समा आँधीबाट करिब २०८ जनाको मृत्यु



एजेन्सी, ५ पुस। फिलिपिन्समा शक्तिशाली आँधी राईबाट मृत्युको हुनेको संख्या करिब २०८ पुगेको छ भने करिब ४ लाख मानिस प्रभावित भएको भारतीय संचारमाध्यमले जनाएका छन्। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ।

समाचारमा बताइएअनुसार बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् । आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन भइरहेको छ।

हावाहुरीका कारण धेरै ठाउँमा विद्युत, खानेपानी अवरुद्ध भएको छ। जसले गर्दा जनजीवन प्रभावित भएको छ। राईलाई पाँचौं श्रेणीको आँधी मानिएको छ, जुन निकै भयानक छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot