Logo

निलो ड्रेसमा आकर्षक देखिएकी वर्षा लेख्छिन्ः ‘माया र चुम्बन’



काठमाडौं, ५ पुस । कलाकारहरुको बिना कारण पनि मिडियामा चर्चा हुने गर्छ । कुनै कलाकार त चर्चामा आउन जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् भने कोही सकेसम्म बाहिर खुल्न चाहाँदैनन् ।

यस्तै रोग लागेको छ नायिका वर्षा सिवाकोटीलाई । उनी कुनै न कुनै कारण पछिल्लो समय चर्चामा छिन् । राज कटुवालको प्रेममा रहेकी वर्षा यो वर्षभरि मिडियाको गसिपको पात्र बनिरहिन् ।

शनिबार मात्रै वर्षाले आफ्नो इन्स्टाग्राम र फेसबुकमा निलो रंगको ड्रेस लगाएको आकर्षक तस्बिरहरु शेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘माया र चुम्बन’ । तस्बिरमा उनको ड्रेस कुमबाट झरेर कुहिनोसम्म आइपुगेको छ भने छातीतर्फ भने पुरै खुल्ला छ । उनले हल्का कपाल कर्लि गरेकी छिन् भने ओठले चुम्बन गरेको स्पष्टसँग देख्न सकिन्छ ।

अर्को तस्बिरमा उनले कर्के नजरले हेरेकी छिन् । उनका यी तस्बिरहरुलाई फ्यानहरुले मन पराएका छन् । धेरैले प्रतिक्रिया दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्