Logo

बंगलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा



५ पुस : बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) परराष्ट्र मन्त्री परिषद्को १७ औँ असाधारण बैठकमा पाकिस्तानका विदेश सचिव मसुद बिन मोमेनले यो जानकारी गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुहम्मद मोहसिन रेजाले बताएका छन् ।

काउन्सिलको बैठकमा परराष्ट्र सचिवले अफगानिस्तानको ठूलो हिस्सामा खाद्यान्न, आश्रय र सामाजिक सेवाको चरम अभावका कारण आर्थिक र मानवीय सङ्कटमा परेको विषयमा गहिरो चासो व्यक्त गरेका छन् । जाडोको याममा झनै बिग्रन सक्ने पनि उनले बताएका छन् ।

अफगानिस्तानको समावेशी सामाजिक–आर्थिक विकास निर्वाध रूपमा जारी रहने विश्वास व्यक्त गरिए तापनि समाजका सबै वर्गले आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा प्रभावकारी रूपमा योगदान पु¥याउन र क्षेत्रीय सद्भाव कायम राख्न सकून् भन्ने मोमेनले बताएका छन् । परराष्ट्र सचिव मोमेनले पनि बंगलादेशले अफगानिस्तानको विकास प्रक्रियामा साझेदार हुनसक्ने बताएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot