Logo

नागरिक लगानी कोषले गर्यो अन्नपूर्ण न्यूरो अस्पतालसँग सम्झौता



काठमाडौं, ६ पुस । नागरिक लगानी कोषले अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्ससँग सम्झौता गरेको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीहरुले अस्पतालबाट उपचार सेवा लिदा छुट पाउनेछन् । कम्पनीको अनुसार अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडियोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने छ ।

नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot