Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो



एजेन्सी, ६ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले उक्त विषयको पुष्टि गरेको हो। उक्त भेरियन्ट फैलिन नदिन सतर्कता अपनाउन थालिएको छ।

सबैभन्दा बढी ओमोक्रन भेरियन्ट महाराष्ट्र र दिल्लीमा फेला परेका छन्। दुवै राज्यमा ५४-५४ जनामा नयाँ भेरियन्ट देखिएको छ। हालसम्म भारतका १२ राज्यमा ओमिक्रन भेरियन्ट देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३२६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, ४५३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। ८ हजार ४३ जना संक्रमण मुक्त भएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot