Logo

मधेसीतर्फको महिला केन्द्रीय सदस्यमा सबै देउवा प्यानलका विजयी



काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको मधेसीतर्फको महिला केन्द्रीय सदस्यमा चारजना निर्वाचित भएका छन् । निर्वाचित हुने चारै जना शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् ।

सबैभन्दा धेरै मुक्ताकुमारी यादवले मत प्राप्त गरेकी छिन् । उनी ३०६९ मत ल्याएर निर्वाचित भएकी हुन् । त्यस्तै, दोस्रोमा मिनाक्षी झाले ३०१२ मत प्राप्त गरेकी छिन् । यसैगरी तेस्रोमा मञ्जुकुमारी यादवले २८८३ मत र नागिना यादवले १८४६ मत ल्याएर निर्वाचित भएका हन् ।



प्रतिक्रिया दिनुहोस्