Logo

बलात्कृत राउटे युवतीको पहिचान खुलाएका पत्रकारले मागे माफी



काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद र ५ हजार रुपैयाँ सुर्खेत जिल्ला अदालतले सजाय सुनाएको छ ।

जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतले उक्त सजाय तोकेर २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्न नपर्ने विकल्प दिएको थियो ।

मगरले सामाजिक सञ्जाल र आफ्नै पोर्टलमार्फत क्षमायाचना गरेका छन् । अदालतले क्षमायाचनापछि मगरलाई कैद सजाय माफी दिएको स्रोतले जनाएको छ । अदालतमा पनि उनले माफी मागेका छन् ।

मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको पहिचान खुल्ने गरी फोटो र नाम प्रकाशन गरेका थिए ।

राउटे समसदायका दुई युवतिमाथि सामान किन्न गएको बेलामा होटलमा लगेर जबर्जस्ती गर्ने चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot