Logo

सहमहामन्त्रीमा निर्वाचित ‘डिना’ एकमात्र महिला पदाधिकारी



काठमाडौं, पुस ७ । कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको भए तापनि महिला कोटाबाटै सहमहामन्त्रीमा निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’ एकमात्र महिला पदाधिकारी हुन। उपसभापतिमा सुजाता कोइराला र दिव्यश्वरी शाहबाहेक आरक्षण बाहिरबाट अन्य महिला नेतृ प्रतिस्पर्धामै उत्रिएनन् ।

कार्यसमितिमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न कांग्रेस विधानमा सहमहामन्त्री १, महिला खुला ९, प्रत्येक प्रदेशबाट १–१ जना गरी सात, आदिवासी÷जनजाति कोटामा १, खस÷आर्य कोटामा ६ जना, मधेसी कोटामा ४ जना, थारू कोटमा २ र मुस्लिम कोटामा १ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

सभापति र महामन्त्रीमा महिलाको उम्मेदवारी नै परेन । पदाधिकारीमा कोषाध्यक्ष मनोनित हुने भएकाले महिला आउँछन् कि पुरुष अहिले स्पष्ट भएको छैन । कांग्रेसको निर्वाचित हुने १ सय २१ केन्द्रीय सदस्यमध्ये खुला ३५ जनामा पनि महिलाले प्रतिस्पर्धा गरेका छैनन् ।

विधानअनुसार कांग्रेस केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनित गर्ने प्रावधान छ । १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउने हो भने कोषाध्यक्षसहित १५ जना मनोनित गर्दा १४ जना महिला अनिवार्य राख्नुपर्ने देखिन्छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot