Logo

मिलन पाण्डेको दाबी : गणतन्त्र आयातित होइन, ४० लाख नेपाली सडकमा आएर ल्याएको व्यवस्था हो (भिडिओसहित)



काठमाडौं, ७ पुस । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले गणतन्त्र आयातित एजेण्डा नभएको जिकिर गरेका छन् । उनले गणतन्त्र नेपालीहरुले लडेर ल्याएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘४० लाख नेपालीहरु सडकमा आएर, ७ दल र माओवादी सबै सडकमा आएर गणतन्त्र ल्याएको हो । कतिपयले गोली खाएका छन् । गणतन्त्र आयातित होईन, यो त नेपालीहरुले लडेर ल्याएको हो । यो त कमजोर मानसिकता हो ।’ उनले गणतन्त्र नेपालीहरुबाट अनुमोदित भैसकेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्