Logo

प्रधानमन्त्री कपः गण्डकीलाई हराउदै प्रदेश २ ले निकाल्यो पहिलो जित



काठमाडौं, ७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले पहिलो जित निकालेको छ ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा बुधबार गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै प्रदेश २ ले पहिलो जित निकालेको हो ।

गण्डकीले दिएको ४० रनको लक्ष्य प्रदेश २ ले १० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रदेश २ को जितमा साना प्रविनले १३ तथा अनुराधा चौधरीले १२ रन जोडिन । यस्तै, मेलिना रायमाझी ५ रनमा अविजित रहिन् ।

गण्डकीकी सिला क्षेत्रीले १ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको गण्डकी १७ ओभर १ बलमा अलआउट हुँदै ३९ रनमा समेटिएको थियो ।

गण्डकीका लागि अन्जली विश्वकर्माले सर्वाधिक १५ रन जोडिन ।

प्रदेश २ का लागि सन्तोषी चौधरीले ३ तथा अनुराधा चौधरीले २ विकेट लिईन ।

यस जितसँगै प्रदेश २ ले २ खेलमा २ अंक जोडेको छ ।

समूह बी मा प्रदेश २ दोस्रो स्थानमा रहेको छ ।

लगातार दुई हार व्यहोरेको गण्डकी अंक विहीन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्