Logo

साफ यू–१९ महिला फुटबलको उपाधी आयोजक बंगलादेशलाई



काठमाडौं, ८ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

बुधबार साझँ ढाकामा भएको फाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक बंगलादेशले उपाधि उचालेको हो ।

खेलको ८०औं मिनेटमा बंगलादेशकी एनी मोगिनीले गोल गर्दै टालीलाई जित दिलाइन् ।

प्रतियोगितामा तेस्रो स्थान बनाएका नेपालले फेयर प्ले अवार्ड जितेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot