Logo

अमेरिकी र कतारी विदेशमन्त्रीबीच छलछल, अफगानिस्तानको पछिल्लो घटनाक्रमको बारेमा समीक्षा



वाशिंगटन [अमेरिका], ८ पुस: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार कतारी विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमको बारेमा समीक्षा गरेका छन् ।

ब्लिन्केनले कतारी जनतालाई हालै कतार राष्ट्रिय दिवस मनाएकोमा बधाइ दिदै कतारले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा सहयोग गर्न निरन्तर काम गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । ब्लिन्केनले यसअघि नै अफगानिस्तानलाई प्रदान गरिने सहयोगको स्तर बढाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने र कोभ्याक्स मार्फत संघर्षग्रस्त देशलाई थप १० लाख कोभिड-१९ खोपको खुराक उपलब्ध गराउने बताएका छन् ।

सो अवसरमा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका जनतालाई सहयोग गर्न मानवीय सहायता र अन्य आवश्यक सहयोग प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अथक प्रयास गरिरहेको समेत उल्लेख गरेका छन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्