Logo

यमनमा खाद्य सङ्कट गहिरिंदै



न्यूयोर्क [अमेरिका], ८ पुस: संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ ।

मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रम का क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताएका हुन्। यमनका परिवारहरू जो बाँच्नको लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन् । यमनमा खाद्य सङ्कट गहिरिदै गर्दा तिनीहरूका लागि सबैभन्दा खराब समय आउँदै गरेको टिप्पणी भइरहेको छ।

जनवरीदेखि यमनमा ठूलो सङ्ख्यमा जनताहरू खाद्य सङ्कटमा फसेका छन् र विश्व खाद्य कार्यक्रमको सहयोगको तीव्र र निरन्तर पर्खाइमा छन् । यसका पछाडि मुद्राको अवमूल्यन र उच्च मुद्रास्फीति मुख्य कारण रहेको बताइएको छ । विगत तीन महिनादेखि त्यहाँका प्रायः सबै परिवारमा यसको प्रत्यक्ष असर देखिएको छ ।”यमनी जनता अहिले पहिले भन्दा धेरै कमजोर छन्, निरन्तर द्वन्द्व र गहिरो आर्थिक संकटले लाखौंलाई विपन्नतामा धकेलिरहेको छ,” फ्लिसरले टिप्पणी गरेका छन्।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot