Logo

चीनसँगको सम्बन्ध लुकाएकोमा हार्वड विश्वविद्यालयका ६२ वर्षीय प्रोफेसर दोषी ठहर



एजेन्सी, ८ पुस। चीनसँगको सम्बन्ध लुकाएको अभियोगमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आरोपमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दोषी ठहरिएका हुन्।

६२ वर्षीय लियवर हार्वड विश्वविद्यालयस्थित केमेस्ट्री एण्ड केमिकल वायोलोजी विभागका पूर्व प्रोफेसर हुन्। उनले विभिन्न सन्दर्भमा झुटो बोलेको र चीनको वैदेशिक बैंकको खातामा दस्तुर पठाउन असफल रहेकोमा अमेरिकी ज्युरीले उनलाई दोषी ठहर गरेको हो।

चीनको थाउजेन्ड प्लान कार्यक्रममा ती प्रोफेसरको संलग्नता रहेको र चीनसँगको सो सम्बन्ध लुकाउन उनले नियतपूर्वक पटक-पटक झुट बोलेको पाइएको छ। सो आरोपमा उनी सन् २०२० जनवरीमा पक्राउ परेका थिए। त्यसयता उनको मुद्दा चलिरहेको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot