Logo

क्याबिनेटमा देउवाले किन गरे एमसीसीको कुरा ?



काठमाडौं, ८ पौष । आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको कुरा पनि गरेका छन् । उनले एमसीसीबारे अनेक कुरा भइरहेको भन्दै भ्रम हटाउनुपर्ने विषय राखेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार देउवाले एमसीसीको पक्षमा बोल्दै गिजोल्ने काम भइरहेको भन्दै आक्रोश पोखेका थिए । देउवा एमसीसीको पक्षमा छन् । उनी जतिसक्दो छिटो संसदबाट पारित गर्न बढ्दैछन् ।

सत्ता गठबन्धनभित्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीका कतिपय बुँदा संशोधन चाहिरहेका छन् । आज प्रचण्डले एमसीसीमा जोडबल गर्न खोजे अप्ठ्यारो स्थिति बन्ने बताए । उनले एमसीसीकै कारण गठबन्धन टुट्न नदिने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्