Logo

आगामी निर्वाचनमा विद्युतीय मतदान



धुुलिखेल, पुस ९ । नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो ।

निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिएका हुन् ।

उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताएका छन् । उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।

विदेशमा करिब ४० लाख जनसङ्ख्या नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशस्थित कूटनीतिक निकायमार्फत सङ्कलन गरिएको छ ।

‘कोही नछुटोस् कोही नदोहोरियोस्’ भन्ने नीति यस वर्ष निर्वाचन आयोगले अङ्गीकार गर्दै त्यसलाई निरन्तरता दिन विद्युतीय मतदानको अभ्यासलाई प्राथमिकता दिन खोजिएको हो । नेपालमा स्थानीय तहको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot