Logo

जेलमा रहेकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई क्षमादान



एजेन्सी, ९ पौष । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हेले क्षमादान पाएकी छिन् । उनलाई राष्ट्रपति मुन जेइनले क्षमादान घोषणा गरेका हुन् ।

६९ वर्षीया पूर्वराष्ट्रपतिको स्वास्थ्य खराब भएपछि क्षमादान दिइएको उल्लेख छ । उनीमाथि पदको दुरुपयोग गरेको र घूस लिएको ठहर भएको थियो । सन् २०१८ मा पदबाट हटेपछि जेल हालिएको थियो ।

पाखुरा र ढाँडको समस्या भई पटक पटक अस्पताल भर्ना भएकी थिइन् । उनलाई मानवताका आधारमा क्षमादान दिइएको जनाइएको छ । यसअघि राष्ट्रपति मुनले क्षमादान नदिने बताएका थिए ।

शुक्रबार नै दक्षिण कोरियाका प्रथम महिला प्रधानमन्त्री हान मियोङ सुकलाई पनि घूस लिएको अभियोगमा दोषमुक्त गरिएको छ । उनी सन् २०१५ देखि २०१७ सम्म जेल परेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot