Logo

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको लगातार तेस्रो जित



काठमाडौं, १० पुस । नेपालको महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार ढाकामा भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकालेको हो ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ ।

नेपालले ३ खेलमा ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालको पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्