Logo

सिभिल बैंकले बोलायो साधारण सभा



काठामाडौं, १० पुस । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्