Logo

गुगललाई झण्डै दश करोड जरिबाना



काठमाण्डौ, १० पुस । रुसको मस्कोमा रहेको एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।

रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हो ।

अदालतले हिजो गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो ।

अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत गराएको बीबीसीमा उल्लेख छ । केही युरोपेली देशले जस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ।

इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो ।

इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनजन्य कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot