Logo

पार्टीलाई विधानसम्मत् ढंङ्गले सञ्चालन गर्न सम्पूर्ण प्रयास गर्छौं : गगन थापा



काठमाडौँ, १० पुस। नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न प्रयास गर्ने बताएका छन् । आज (शनिबार) बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुर गर्दै उनले पार्टीलाई विधानसम्मत् ढंङ्गले सञ्चालन गर्न सम्पूर्ण प्रयास गर्ने बताएका हुन् ।

उनले भने, ‘पार्टीलाई विधानसम्मत ढंगले कसरी सञ्चालन गर्ने भन्नेबारे मुख्यतः महामन्त्रीको जिम्मेवारी हो, त्यो काममा हामी केन्द्रित भएका छौँ, त्यसकालागि हामी सम्पूर्ण प्रयास गर्छौं।’उनले पहिलो बैठकमा पार्टी सञ्चालनका अन्य महत्त्वपूर्ण विषयमा छलफल नभएको बताए । ‘पहिलो बैठक बस्नैपर्ने भएकाले आज बैठक बस्यो, तर धेरै कामहरू हामीले गर्नुपर्नेछ, त्यसकालागि अर्को बैठकमा छलफल गर्छौ,’ उनले भने । महामन्त्री थापाले शनिबारदेखि औपचारिक रूपमा कार्यारम्भ भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot