Logo

ब्रम्हाण्ड उत्पत्ति देखि ताराको उमेर पत्ता लगाउन अन्तरीक्षमा १० अर्ब डलरको टेलिस्कोप



एजेन्सी, ११ पौष । यो टेलिस्कोपको नाम जेम्स वेब हो । १० अर्ब डलर खर्च गरेर नासाबाट निर्माण गरिएको यसलाई आइतबार अन्तरीक्षमा पुर्याइएको छ ।

टेलिस्कोप बनाउन अमेरिका, युरोप र क्यानडाको स्पेश एजेन्सीका इञ्जिनियरहरु खटिएका थिए । यो विगतमा निर्माण गरिएका शक्तिशाली टेलिस्कोप भन्दा १०० गुणा शक्तिशाली मानिएको छ । पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा रहेर यसले ब्रम्हाण्डलाई नियाल्नेछ ।

जेम्स वेब टेलिस्कोप १० वर्षसम्म रहनेछ । यसको ऐनाको आकार ६ं५ मिटर बाक्लो छ । ६२०० किलोमिटर तौल छ ।

टेलिस्कोपले ताराहरुको उत्पत्तिको मिति समेत पत्ता लगाउन अध्ययन गर्नेछ । जुन तारा जहिले उत्पत्ति भएको हो त्यो पत्ता लगाउनेछ ।

पहिलो ताराले अरबौं वर्ष पहिले प्रकाशको सुरुवात गरेको थियो । जेम्व वेबले त्यस्ता तारालाई अरबौं वर्ष पहिलेको रुपमा हेर्नेछ ।

ब्रम्हाण्डको उत्पत्ति, अन्धकार युग, ग्यालेक्सीहरुको उत्पत्ति देखि ताराहरुको उत्पत्तिबारे पनि अध्ययन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot