Logo

ओलीले प्रचण्डलाई भने-‘महाधिवेशनमा म आउन सक्दिन, शंकरजीलाई पठाउँछु’



काठमाडौं, पुस ११ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन नसक्ने जनाएका छन् । गृहजिल्ला झापामा रहेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंगको टेलिफोन सम्बादमा उक्त जानकारी गराएको स्रोतले जनाएको छ ।

आईतबार विहान भएको टेलिफोन सम्बादमा अध्यक्ष दाहालले पार्टीको उद्घाटन समारोहमा आएर शुभकामना दिन आग्रह गरेका थिए । तर, जवाफमा ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिएका छन् । एमालेको तर्फबाट महासचिव शंकर पोखरेल माओवादी महाधिवेशनमा सहभागी भएर शुभकामना दिने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot