Logo

केपी ओलीलाई बहुमत ल्याएर देखाउन प्रचण्डको चूनौति, बहुमत ल्याए बधाई दिन आउँला (भिडिओसहित)



काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल नेकपा (एमाले) सँग एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । प्राइम टिभीको लागि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग विशेष कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने–‘अहिले तत्काल मैले एमालेसँग एकताको सम्भावना देख्दिन् । अहिले केपीजीसँग नै फेरि गठबन्धन या एकता गरेर जाने कुनै सम्भावना मैले देखेको छैन् ।’ उनले भर्खरै आफूहरुबीच वैचारिक संघर्ष चलेकोपनि स्मरण गराए । उनले थपे–‘विघटन र पूनःस्थापनाको संघर्ष चल्यो । यी सबै संघर्षका पृष्ठभूमिमा अहिले तत्काललै केपीजीसँग एकता वा गठबन्धनको म कहीँकतै सम्भावना देख्दिन् । त्यो नाटकीय र कृत्रिम पनि हुन्छ । त्यसले जनतामा राम्रो सन्देश पनि दिँदैन् ।’

उनले ओलीलाई फेरि पनि बहुमत ल्याएर देखाउँछु भन्ने लागेको भए बहुमत ल्याएर देखाउन पनि चूनौति दिए । उनले भने–‘उहाँले म सिंहदरबार बहुमत ल्याएर पस्छु भन्नुभएको छ, पसेर देखाउनुहोस । उहाँले भनेको कुरा गरेर देखाउनुभयो भने त्यसपछि म ल तपाईँले भनेको कुरा पुर्याउनुभयो भनेर बधाई भन्न आउँला । होईन, मैले भनेकोजस्तो भयो भने, गठबन्धन अगाडि गयो भने, त्यसले जनताको विश्वास लियो भने तपाईँ आउनुपर्छ भनेको छु मैले ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot