Logo

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन सुरु हुँदै (फोटोफिचर)



काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन केहीबेरमा सुरू हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दिउँसो तीन बजे महाधिवेशन उद्‌घाटन हुने कार्यक्रम छ।

अहिले मञ्च बनाउनेदेखि सबै काम द्रुत गतिमा भैरहेको छ । यसअघि माओवादीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन भन्दै सम्पूर्ण तयारी गरेको थियो। यसका लागि उद्‌घाटन समारोहस्थल, सडक किनारलगायत अधिकांश स्थानमा राष्ट्रिय सम्मेलनका ब्यानर टाँगिएका थिए।

शनिबार साँझ एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेसँगै राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न अहिले भ्याइनभ्याई छ।

प्रज्ञा भवन परिसरमा ‘आठौं राष्ट्रिय महाधिवेशन’ लेखिएको ब्यानर राखिसकिएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनको कार्ड वितरण गरिसकिएको थियो। त्यसलाई पनि परिवर्तन गरेर नयाँ कार्ड बाँडिएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot