Logo

नेप्सेमा आज ७१ अंकको बृद्धि हुँदा कारोबार रकम पनि बढ्यो



काठमाडौं, ११ पुस । साताको कारोबारको पहिलो दिन आज (आइतबार) शेयर बजारमा उच्च अंकको बृद्धि भएको छ ।

नेप्से आज ७१ दशमलव २० अंकले बढेर परिसुचक १५ सय ९१ दशमलव ४२ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ३८ अंकले बढेर ४८२ दशमलव ७४ विन्दुमा पुगेको हो ।

आइतबार २३१ कम्पनीको ६२ हजार २१ पटक कारोबार भएर ५ अर्ब ७३ करोड २० लाख ५ सय ३ रुपैयाँ बराबरको ८६ लाख १ हजार ९५६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्