Logo

आज काठमाडौंमा हल्का बर्षाको सम्भावना



काठमाडौं, पुस १२। यो हप्ता काठमाडौंलगायत देशभर हल्का वर्षा तथा बदलीको सम्भावना रहेको रहेको छ । जल तथा मौसम पूर्वानमान महाशाखाका अनुसार आज काठमाडौंमा हल्का वर्षा तथा बदलीको सम्भावना देखिएको छ ।

पश्चिमी बायुको आशिंक प्रभाव देशभर रहेको जनाएको छ । जसकारण शनिबार पहाडी भू-भागहरूमा आशिंक तथा सामान्य बदली देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्