Logo

हिमालयन बैंकको साधारणसभा पुस ३० गते



काठमाडौं, १२ पुस । हिमालयन बैंकले पुस ३० गते ३९ औ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले आफ्नै केन्द्रिय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो ।

बैंकको सभाले सञ्चालक समितिबाट प्रस्ताव भएको २१.३८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४.६२ प्रतिशत नगद लाभांशलाई पारित गर्ने जनाइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक सँग एक बराबर एकको अनुपातमा मर्ज गर्ने प्रस्ताव स्वीकृतका लागि पनि सभामा पेश तथा मर्जका लागि तयार पारिएको डिडिए प्रतिवदेन पनि स्वीकृतिका लागि सभामा पेश गर्ने बताइएको छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमाथि छलफल, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, नाफा नोक्सान नगद प्रवाह विवरणमाथि छलफल गरि सभाले पारित गर्ने भएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जर संझौता भए पछि बैंकको शेयर कारोबार बन्द हुनेछ ।



प्रतिक्रिया दिनुहोस्