Logo

हाइड्रोपावर परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु



सोलु, १२ पुस । सोलुखोला दुधकोशी हाइड्रोपावरको परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ र थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी हाइड्रोपावरमा पानी परीक्षण गर्दै गर्दा पाइप पड्किएर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अछामका सुवासराज रेग्मी र काभ्रेका अर्जुन थापा रहेका छन् । पाइप पड्किएर बेहोस भएका २ इन्जिनियरलाई ओखलढुंगास्थित मिसन अस्पतालमा लगिएको थियो । उपचारको क्रममा अस्पतालमा उनीहरुको मृत्यु भएको जनाईएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका मोहम्मद राइनलाई भने थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्