काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको थियो । तर, बन्दसत्र एक घण्टा ढिलोगरि सुरु हुने भएको छ। अहिले बन्दसत्रको हलमा अध्यक्ष पुष्पकमल दाहाल प्रवेश गरिसकेका छन् । उनले हलमा प्रवेश गर्नुअघि अब बन्दसत्र सुरु हुन्छ भनेर प्राइम टिभीलाई संक्षिप्त प्रतिक्रिया िदए ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/644543423413770