Logo

प्रधानमन्त्रीले एमसीसीको पैसा सित्तैमा आएको भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्त : भीम रावल



काठमाडौं, १२ पुस । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी अभिव्यक्ति दिनु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो कुरा उल्लेख गरेका हुन् । उनले लेखेका छन्-‘मूल सम्झौतासंगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति!यस्तो कुरा नेपाल सार्वभौम,स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन।’



प्रतिक्रिया दिनुहोस्