Logo

ओमिक्रोन भेरियन्ट भेटिएसंगै हङकङमा कोरोना प्रतिबन्ध अझै बढ्ने



एजेन्सी, १२ पुस। हङकङकी स्वास्थ्यमन्त्री सोफिया चान सिउ चीले आगामी दिनमा कोरोना प्रतिबन्धमा थप कडाइ गर्न सरकार तयार रहेको बताएकी छिन् । क्याथे प्यासिफिक एयरलाइन्सका क्रु सदस्यमा आइतबार कोरोना सक्रमण देखिएसँगै हङकङकी स्वास्थ्यमन्त्रीले यस्तो बताएकी हुन्। पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षण, क्वारेन्टिन र भौतिक दूरीको नियममा कडाइ गरिने स्वास्थ्यमन्त्रीको भनाइ छ ।

यसअघि शनिबार पनि हङकङमा एकैदिन २५ आयातित नयाँ संक्रमित फेला परेका थिए। साउथ चाइना मर्निङ पाेस्टका अनुसार स्वास्थ्यमन्त्री सोफियाले आफ्नो ब्लगपोस्टमार्फत हङकङमा कोरेनाको पाँचौं लहर फैलिन सक्ने चेतावनी पनि दिएकी छिन्। उनले जोखिममा रहेका मानिसहरुलाई बुस्टर डोज कोरोना खोप लिन पनि सुझाव दिएकी छन्। बुधबार अमेरिकाबाट हङकङ आएका क्याथे प्यासिफिकका एक क्रु सदस्यलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार हङकङमा ९ जनामा कोरोना संक्रमण देखिएको थियो। हङकङमा अहिलेसम्म ओमिक्रोन भेरियन्टसहितका ४४ संक्रमित भेटिएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot