Logo

वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै



काठमाडौँ, १२ पुस: विश्व हिन्दु महासङ्घले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ । विश्वमा रहेका हिन्दू धर्म संस्कृतिका अनुयायी तथा सङ्घसंस्था र महासङ्घका अन्तर्राष्ट्रिय च्याप्टरसँग समन्वय गरी कोषमा सहयोग सङ्कलन गरिने छ ।

कोषमा प्राप्त हुने रकमबाट हिन्दू संस्कृतिका सम्पदाका साथै वैभवशाली इतिहास बोकेका धार्मिकस्थलको संरक्षण तथा शिक्षा क्षेत्रको विकासमा विभिन्न अभियान सञ्चालन गरिने महासङ्घका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिए ।

कोषमा हिन्दू अनुयायीबाहेक अन्य धर्मावलम्बीका साथै संस्थाबाट आउने चन्दा तथा सहयोगलाई अस्वीकार गरिनेछ । सन्त, महन्त, गुरुजनको मार्ग निर्देशनअनुसार वैदिक संस्कृति, सभ्यताको विकासमा कार्य योजना बनाएको महासङ्घले समाजमा विद्यमान रुढीवादी परम्परा अन्धविश्वास, जातीय विभेद र सामाजिक कुरीतिलाई न्यूनीकरण गरी मुलुकलाई हिन्दूराष्ट्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति अवलम्बन गरेको छ ।

राष्ट्रिय एकतालाई अछुण्ण राख्न वैदिक, बौद्ध, जैन, शिख, किराँतलगायत समस्त ओमकार परिवारको सम्मान संरक्षण र सम्वद्र्धनका लागि महासङ्घले बृहत् एकताको कार्यमा भूमिका निर्वाह गर्नेछ । विश्वका विभिन्न १४ मुलुकमा सञ्जाल विस्तार गरेको महासङ्घले अन्तर्राष्ट्रिय तहमा बढ्दै गएको धर्मान्तरण र सनातन धर्मावलम्बी माथिको थिचोमिचोविरुद्ध आफ्ना मातहतमा रहेका अन्तर्राष्ट्रिय संस्थालाई सशक्त बनाउने योजना छ ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot