Logo

यस्तो छ आज सुनचाँदीको भाउ



काठमाडौं, वैशाख २६ । मंगलबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। मंगलबार प्रतितोला एक हजार ६ सय ७५ रूपैयाँ मूल्य तोकिएको चाँदी आज बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot