Logo

लुधियाना अदालत विस्फोटका मुख्य योजनाकार सिंह पक्राउ



एजेन्सी, १३ पुस । लुधियाना अदालत विस्फोटका मुख्य योजनाकार पक्राउ परेका छन् । जर्मनीमा प्रहरीले प्रतिबन्धित संगठन सिख फर जस्टिससँग निकट सम्बन्ध रहेका आतंकवादी जसविन्दर सिंह मुलतानीलाई पक्राउ गरेको छ ।  सिंह लुधियाना अदालतमा भएको बम विष्फोटको मास्टरमाइन्ड रहेको बताइएको छ । सिंहले दिल्ली र मुम्बईमा आतंकवादी हमला गर्ने योजना पनि बनाएका थिए। सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

भारत सरकारको अनुरोधमा जर्मन प्रहरीले सिंह मुलतानीलाई पक्राउ गरेको हो । सिंह मुलतानी ‘सिख्स फर जस्टिस’ क्ँव् सँग सम्बन्धित छन्। उनीमाथि पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको निर्देशनमा काम गरिरहेको र दिल्ली र मुम्बईमा आतंकवादी गतिविधिको योजना बनाएको आरोप छ।

अधिकारीहरूका अनुसार ४५ वर्षीय मुलतानी एसएसजेका संस्थापक गुरपतवन्त सिंह पन्नुसँग नजिक थिए र पृथकतावादी गतिविधिमा संलग्न थिए ।

२३ डिसेम्बरमा लुधियाना अदालत परिसरको दोस्रो तलामा रहेको शौचालयमा बम विस्फोट भएको थियो। विष्फोट आईईडीबाट गरिएको थियो । आईईडीको प्रयोगका कारण यसलाई आतंकवादी हमलाको रुपमा लिइएको छ । उक्त विस्फोटमा एक जनाको मृत्यु भएको थियो । अनुसन्धान एजेन्सीहरूले विष्फोटमा ज्यान गुमाउने व्यक्तिको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । बम जम्मा गर्न खोज्दा शौचालयमा विस्फोट भएको आशंका गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot