Logo

आजको मौसमः छिटपुट बर्षा, भारी हिमपात



काठमाडौं, पुस १४ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभावले देशभरकौ मौसममा बदली आएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिएको छ ।

साथै आज र भोली राजधानीसहित देशका पहाडी तथा तराईका केही भू-भागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको छ । अहिले काठमाडौंसहित आसपासका जिल्लाहरुमा छिटपुट बर्षा भइरहेको छ ।

आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताउँदै विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्