काठमाडौं, पुस १४ । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण देशभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । अत्याधिक चिसो बढ्दा हमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज उपत्यका आसपासका चन्द्रागिरि लगायतका डाँडाहरूमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उपत्यकाभर पानी परिरहेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अहिले काठमाडौँको न्यूनतम ३ दशमलव रहेको छ भने अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।