Logo

लिभरपुलमाथी लेस्टर सिटीको जित



काठमाडौं, १४ पुस । प्रियिमर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुल सिटीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

खेलको ५९औं मिनेटमा एडेमोला लुकमेनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । जुन गोल जितका लागि प्रयाप्त रह्यो ।

खेलको पहिलो हाफमै लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । तर, मोहमद सलाहाले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

यस हार लिभरपुलका लागि दोस्रो हार हो । लेस्टर २५ अंकका साथ तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

साथै, लिभरपुल ४१ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्