Logo

एउटै कोठामा सुतेका चार जनाको निसास्सिएर मृत्यु, तीन जना बेहोस



बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ ।

अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्काे छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् ।

आगो बालेर एउटै एउटै कोठामा सुेतका सात जना मध्ये विहान चार जना मृत भेटिएका हुन निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान रहेको छ ।

अचेत परेका तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्